गरिमा विकास बैंक र युनियन लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब गरिमा विकास बैंकका ग्राहकहरूले उक्त बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि युनियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमासम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बताइएको छ ।