तिनाउ मिसनले ६ प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।