स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो पुस २४ गते साधारण सभा, बुकक्लोज कहिले ? |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा डाकेको छ। बैंकले पुस २४ गते एभरेष्ट होटल, नयाँ बानेश्वरमा ३४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
सो सभा दिउँसो १२ː१५ बजे शुरु हुनेछ ।
सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात प्रति १०० कित्ता शेयरमा नयाँ ७ कित्ता शेयरका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव रहेको छ । यसका साथै सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा भौतिक रुपमा बढीमा २५ जना शेयरधनी मात्र उपस्थित हुनेसक्ने भएका कारण अन्य शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्सको माध्यमबाट सहभागित जनाउन बैंकले अनुरोध गरेको छ ।