नेपाल बैंकको १६ प्रतिशत लाभांश घोषणा |
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको शेयर प्रिमियम तथा वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले शेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र वितरण योग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।