एनआईबिएल एस क्यापिटलद्वारा निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता सुरु |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस १ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
यो योजना सीमित अवधिको लागिमात्र भएकोले आजकै मितिबाट एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल इन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिन्छ ।
यसका अतिरिक्त एनआईबिएल एस क्यापिटल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।