काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले ९ प्रतिशत बोनस र कर सहित २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।