काबेलीकोे ३५ प्रतिशत बोनस |
काठमाडौं । काबेली विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । विकास बैंकको आजबसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ३५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी बार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार ४० रुपैयाँ पुग्नेछ ।
बैंकको हाल २१ करोड ५ लाख ९० हजार चार सय रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले ३५ प्रतिशत बराबरले हुन आउने ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
काबेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर गत जेठ २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । काबेलीको १०० कित्ता बराबर माउन्ट मकालुको ८८ कित्ता सेयर स्वाप रेसियोमा एक्वायर भएको हो ।
मर्जर तथा प्राप्तीमा गएको कम्पनीहरुका सेयरधनीहरुले गाभिएको मितिले दुई बर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरिएको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ । यसअनुसार बैंकले कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छैन ।