आरएसडिसी लघुवित्तले पुस २४ गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? |
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।
लघुवित्तले पुस २४ गते बुटवलमा सातौँ वार्षिक साधारण सभा डाकेको हो ।
सो सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १० गते बुकक्लोज गर्नेछ । यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
मंसिर २८ गते बिहान ८ बजे बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।