कपिलवस्तुमा ७ महिनाकी गर्भवती महिला बलात्कृत | किटानी जाहेरीका आधारमा ३ जना पक्राउ, आजै जिल्ला अदालत लगिँदै

कपिलवस्तु । मुलुकका विभिन्न स्थानमा बालिका तथा महिला बलात्कृत भएका समाचारहरू आइरहेकै बेला फेरि अर्को सुन्दै बलात्कारको घटना भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक ७ महिनाकी गर्भवती महिला बलात्कृत भएकी छिन् । उक्त बलात्कार घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विजय नगर गाउँपालिका वडा नंं. ७ का ३ जना २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ३८ वर्षीय प्रह्लाद केवट रहेका छन् । प्रहरीले पीडित महिलाको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गत मंगलवार राति घरमा एक्लै रहेको अवस्थामा आफूमाथि जबर्जस्ती बलात्कार गरेको ३८ वर्षीया पीडित महिलाले दिएको किटानी जाहेरीमा उल्लेख छ ।