जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चले गर्यो फैसला |
काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध फैसला गरेको छ ।
जग्गाको कित्ताकाट रोक्न माग राख्दै सर्वोच्चमा परेको रिटका आधारमा आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोजकुमार शर्माको संयुक्त इजलाशले त्यस्तो फैसला सुनाएको हो ।
गत भदौ २८ गते अधिवक्ता सन्तोष भण्डारीले खेतियोग्य जग्गाको कित्ताकाट खोल्ने निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
तर भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।
उक्त निर्णयले उर्वर भूमी मासिने भन्दै परेको रिटमा कित्ताकाट रोक्न माग गरिएको थियो । साथै मंगलवार सो रिट जारी हुने फैसला सुनाएको हो ।