अरुण काबेलीले ६ प्रतिशत लाभांश दिने |
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १०औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको सोमबार कम्पनीको काठममाडौंको ट्रेड टावरस्थित केन्द्रीय सभाकक्षबाट भर्चुअल माध्यमबाट आयोजित साधारणसभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डासमेत पारित गरेको छ ।
साधारणसभामा कम्पनीका वित्त प्रबन्धक थानेश्वर भट्टराईले आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभामा प्रस्तुत शेयरधनीका सुझावलाई कम्पनीले कार्यान्वयन गर्ने बताउँदै अध्यक्ष न्यौपानेले आगामी दिनमा समेत सबै पक्षबाट साथ सहयोगको अपेक्षा गरेको बताए । कम्पनीले पारित गरेको लाभांश मंसिर १२ गतेदेखि बुकक्लोज हुनुअघि शेयर किनेका शेयरधनीहरुले पाउने कम्पनीले बताएको छ ।