रसुवागढी हाइड्रोपावरको पुस २० मा एजीएम, लाभांश वितरण नगर्ने |
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ । यो वर्ष पनि कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा डाकेको छ । यसको अर्थ, यसपटक पनि लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा चिलिमे जलबिद्युत कम्पनीको सभाहल धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।