मितेरी डेभलपमेन्टले १५.७९ प्रतिशत लाभांस दिने |
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६∕७७ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले प्रप्त गर्ने छन् ।