शेयर बजारमा लाग्यो नकारात्मक सर्किट, नेप्से सूचक ६ प्रतिशतले घटेपछि कारोबार बन्द |
काठमाडौं । साताको पहिलो कारोबार दिन बजार खुलेको ४ घण्टा नपुग्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि आइतबारको लागि शेयर कारोबार बन्द भएको छ ।
आइतबार बजार खुलेदेखि नै घट्न थालेको बजार २ː१३ मा नै प्रतिशतले घटेपछि आजको लागि शेयर कारोबार बन्द भएको हो ।
यस अवधिमा नेप्से सूचक १२३ अंकले घटेर १९३२ विन्दुमा झरेको छ