विज्ञापन एजेन्सी मार्स स्थापनाको १७ वर्ष पूरा |
काठमाडौं । विज्ञापन एजेन्सी मार्स प्रालिले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरेको छ ।
यसै दौरानमा पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ ।
सत्र वर्षको समयावधिमा आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको कम्पनीको भनाई छ ।
कम्पनीका प्रबन्ध निर्देशक मनिष अधिकारी भन्छन्, ‘१७ वर्षको सफल कार्यले हामी लगायत सम्पूर्ण टीममा उत्साह थपिएको छ । २००३ मा स्थापित भएर २०२० सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गर्न पाएका छौं, साथमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ ।’
मार्सले स्थापनाको १७औं वर्ष पार गर्दै गर्दा ग्रोइङ वल्डर ग्रोइङ वीसर भन्ने नाराका साथ अघि बढ्ने विज्ञप्तिमा जनाएको छ ।