आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प | डाक्टरहरुले लाइसेन्स फिर्ता गर्ने
काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेकको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।
मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरुले आन्दोलनमा गरि रहेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ–आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।