हाम्रो विकास बैंकले साढे १० प्रतिशत लाभांश दिने |
काठमाडौं । हाम्रो विकास बैंकले आफ्ना शेयरधनीलाई १०.३१४५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गतआवको जगेडा तथा कोषबाट कम्पनीका शेयरधनीहरूलाई २.४० प्रतिशत बोनस र ७.९१४५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले बोनस शेयर तथा लाभांशमा लाग्ने करसहित सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । २.४० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।