माउन्टेन इनर्जीको आईपीओ बुधबार १० बजे बाँडफाँड हुने |
काठमाडौं । माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ भोलि बुधबार १० बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको उक्त जानकारी दिएको हो ।
कम्पनीले आइतबार प्रि अलटमेन्ट सकाएर बुधबार बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो ।
माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । यो मागभन्दा ७. ६१ गुणा धेरै हो ।
धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउनेछन् । यस अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना अर्थात करिब ७२ प्रतिशत आबेदकको हात खाली हुनेछ ।