जेसीबीको जेएस१२० एस्काभेटर सार्वजनिक, सेग्मेण्टकै सबैभन्दा उत्कृष्ट उत्पादनमध्ये एक |
काठमाडौं (आपास) । नेपालका लागि जेसीबी ब्राण्डका हेभी इक्विपमेण्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले हालै नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । कम्पनीले एक सय २० टनको नयाँ एस्काभेटर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार उक्त एस्काभेटर जेसीबी जेएस१२० सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट उत्पादनमध्ये पर्छ । काभ्रे इँटा व्यवसायी संघको तेस्रो वाषिर्क साधारणसभाको अवसर पारेर सार्वजनिक गरिएको उक्त एस्काभेटरले प्रतिघण्टा ८ प्रतिशत कम इन्धन खपत गर्छ । यो एस्काभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म रहेको छ ।
जेएस१२० एस्काभेटरको अधिकतम इञ्जिन पावर ६० किलोवाट रहेको छ । जेएस१२० सडक, इटा उद्योग र अन्य निर्माण कार्यको विश्वस्त सहकर्मी सावित हुने एमएडब्लू अर्थमुभर्सका सेल्स एण्ड मार्केटिङ डीजीएम दीपकराज गिरी बताउँछन् ।