बिमस्टेक प्रसारण लाइन बिस्तारमा समझदारी |
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा ʽबिमस्टेक ग्रिड इन्टरकनेक्सनʼ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र र विदेशमन्त्री तथा अधिकारीहरुले उर्जा साझेदारीसँग सम्बन्धित ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। ।
यो सम्झौतासँगै बिमस्टेक राष्ट्रहरुबीच उर्जा आदानप्रदानको बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको छ । अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्ड, भुटान र म्यानमारसँगसमेत विद्युत विक्री तथा खरिद गर्न पाउने छ ।