नेटटीभीः ‘पहिला चलचित्र हेर्नुहोस् र भुक्तानी पछि गर्नुहोस्’ |
काठमाडौं । नेटटीभी नेपालमा आइटीभी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो । नेटटीभीले लाइभ टीभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेटटीभी सेटटप बक्स र मोबाइलमा नेटटीभी एपमार्फत नेपाली जनताहरूका लागि मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको छ।
पहिलोपटक नेटटीभीले बलीउडको ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’लाई नोभेम्बर १६ देखि नेपालको दुबै प्लेटफर्म नेटटीभी सेटअप बक्स र नेटटीभी एपमार्फत हेर्न सकिने गरि ग्राहक समक्ष ल्याइएको छ ।
अक्षय कुमारद्वारा अभिनित यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज हो र यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको हो । वर्ल्डलिंकका ग्राहकहरू जोसँग नेटटीभीको सदस्यता छ, यस चलचित्रलाई टीभीमा पनि रिलीज भएको पहिलो दिनमा नै नेटटीभी सेटटप बक्समार्फत हेर्न सक्नेछन। अरू गैर वर्ल्डलिंक ग्राहकहरूले नेटटीभी एप डाउनलोड गरेर आफ्नो मोबाइलमा चलचित्र हेर्न सक्नेछन ।
नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारी भन्छन्, ‘अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरञ्जनका विकल्पहरू कम भएका छन् र चलचित्र प्रेमीहरू निराश छन् । ‘लक्ष्मी’ बलिउडको ठूलो बजेटको चलचित्र हो । यस चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटीभी प्लेटफर्ममार्फत नेपालका सबै मानिसहरूलाई हेर्नका लागी ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौं। कठिन महामारीको बाबजुद पनि नेटटीभी सेटटप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरञ्जन कार्यक्रमहरु ल्याउने हाम्रो प्रयास छ । ताकि सबै नेपालीहरु सुरक्षित साथ आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सक्नेछन ।’
सबै नेटटीभी ग्राहकहरूलाई निर्धक्क रूपमा चलचित्र हेर्नको लागि अनुरोध गर्दछु साथै नेटटीभीले ग्राहकहरूको लागी विशेष तथा अनौंठो सुविधा सुरु गरेको छ ‘पहिला चलचित्र हेर्नुहोस् र भुक्तानी पछि गर्नुहोस् ।’