लक्ष्मी बैंक र एनबीआईबीच सम्झौता, एनबीआईले ५० लाखबराबरको तालीम उपलब्ध गराउने |
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच कार्यदक्षता तालीमसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच लक्ष्मी बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालीम उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार एनबीआईले बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका न्युूनतम ५० लाख रुपैयाँबराबरका विभिन्न तालीमहरु उपलब्ध गराउनेछ ।