सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न, १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश दिने |
काठमाडौं । सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रबारका दिन १६ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।
विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।
बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७६∕७७ मा रु. १.७८ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५∕७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन् ।
बैंकको वित्तिय परिसूचक (असार मसान्त २०७७)
निस्क्रिय कर्जा |
०.४५ % |
पुँजीकोष |
१३.०० % |
तरलता |
२४.०१ % |
कर्जा निक्षेप अनुपात (मासिक औसत) |
७४.७२ % |