गण्डकी विकास बैंकका एकै दिन तीनवटा शाखाको उद्घाटन |
काठमाडौं (आपास) । गण्डकी विकास बैंकले एकै दिन तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इटहरी, सिराहाको लाहान र चितवनको भोजाडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकको शाखा संख्या ७६ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले छिट्टै काठमाडौंको कंलकीमा शाखा खोल्ने तयारीमा रहेको जानकारी दिए । बैंकले गत आर्थिक वर्ष ०७४÷७५ मा सञ्चालन मुनाफा ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो ।