होटल सोल्टीमा भएको रिट्रिट सकियो |

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) कार्यक्रम सकिएको छ ।
सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखँगै उनीहरूका जीवनसाथी सहभागी थिए ।
बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुख तथा उनीहरुका जीवनसाथीलाई स्वागत गरेका थिए । रिट्रिटमा सहभागी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु आपसमा गफिनुका साथै बिहानको खाजासँगै खाएका थिए । सो क्रममा उनीहरूले सामूहिक तस्वीर समेत खिचाएका थिए ।
रिट्रिटलाई औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा प्रयोग गर्ने गरिन्छ ।