एक्सन अगेंष्ट हंगर (एसीएफ) नेपालद्वारा ५८ लाख बराबरको केएन९५ मास्क हस्तानतरण |
काठमाडौैं । एक्सन अगेन्ष्ट हंगर (एसीएफ) नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालये तथा समाज कल्यान परिषदसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख बराबरको केएन९५ मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड— १९) महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीरुका लागी उक्त मास्क सहयोग स्वरुप प्रदान गरिएको हो ।
कार्यक्रममा व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलले एक्सन अगेंष्ट हंगर नेपाललाई कोभिड—१९ महामारीले पारेको असरलाई न्यूनीकरण गर्न देखाएको अग्रसरता तथा तदारुकताको लागी स्वास्थ्य सेवा विभागको तर्फबाट कृतज्ञता व्यक्त गरे र साथै हस्तान्तरित मास्कहरुको माग र आवश्यकता अनुरुप प्रयोगमा ल्याइने आश्वासन पनि दिएका छन ।
सन् १९७९ मा स्थापित, एक्सन अगेंष्ट हंगर एक अन्तराष्ट्रिय गैर सरकारी संस्था हो जुन संसारभर भोक विरुद्ध लडिरहेको छ । यस संस्थाको मुलभूत उद्देश्य भनेको विशेष गरी द्वन्द्व वा प्राकृतिक प्रकोपद्वारा सृजित आपतकालीन अवस्था वा सो पश्चात कुपोषणको रोकथाम, पहिचान र उपचार गरी भोकलाई निर्मुल पार्दै जीवन रक्षा गर्नु हो । आज, विश्वमा एक्सन अगेंष्ट हंगर भोक विरुद्धको अभियानमा एक मुख्य संस्थाको रुपमा चिनिन्छ । अन्तर्राष्ट्रिय संजालमा सृजित यस संस्थाले विश्वका करिब ५० राष्ट्रहरुमा समन्वयात्मक प्रतिक्रिया गर्दै आएको छ । यस संस्थाका प्राथमिकता भनेको प्रभावकारी कार्य मार्फत पिडित जनसंख्यालाई सेवा पु¥याउनु हो । भोकका विभिन्न कारणहरु हुनेहँदा, यस संस्थाले आफ्नो विशेष दक्षताका साथ बहु—क्षेत्रीय प्रतिक्रिया गर्दछ ।
एक्सन अगेंष्ट हंगर नेपालमा सन् २००५ देखि विभिन्न चार क्षेत्रहरु — पोषण तथा स्वास्थ्य, खानेपानी तथा सरसफाई, मानसिक स्वास्थ्य तथा हेरचाह र खाद्य सुरक्षा तथा जीविकोपार्जन क्षेत्रहरुमा रहेर देशका विभिन्न जिल्लाहरुमा आफ्नो कार्य गर्दै आइरहेको छ । नेपालको लागि काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशको अतिनै विकट जिल्लाहरु हुम्ला र मुगुबाट आफ्नो कार्य शुरु गर्र्र्र्दै हालसम्म भक्तपुर, बझांग, कंचनपुर, ललितपुर, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, नुवाकोट, रसुवा, रामेछाप, रौतहट र सप्तरीमा कार्य गरिसकेको छ । हाल यस संस्थाले नवलपरासी पश्चिम, नवलपरासी पूर्व, नुवाकोट र रसुवा जिल्लाहरुमा आफ्ना कार्यहरुलाई निरन्तरता दिइराखेको छ ।