बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास भारतमा हुने | आपत्कालीन उद्धार टोली बनाउन मोदीको प्रस्ताव

काठमाडौं । बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास भारतमा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकको चौथो शिखर सम्मेलनमा बोल्दै भारतमा हुने उक्त सैन्य अभ्यासमा भाग लिन सबै सदस्य राष्ट्रलाई आग्रह गरे ।
मोदीले बिमस्टेकका राष्ट्रहरूले भोग्नुपरेको प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न आपत्कालीन उद्धार टोलीसमेत बनाउन प्रस्ताव गरेका छन् । उनले बिमस्टेक राष्ट्रहरूको भाषा, धर्म, रीतिरिवाज र हावापानीजस्ता कुराहरू मिल्ने भएकाले यसबाट थप आत्मीयता बढ्ने बताए ।