ह्वाट्सएपको मेसेज सात दिन मा आफैं हट्ने फिचर थपिँदै |
काठमाडौं । ह्वाट्सएप नयाँ फिचर ‘डिसपेरिङ मेसेज’ थप्ने तयारीमा छ । यो फिचर अन्तर्गत कुनै पनि ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो र मेसेज पाउने दुवैको फोनबाट उनीहरुको च्याट मेटाउन सक्छन् ।
फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपको संसारभर २ खर्ब प्रयोगकर्ता छन् । उक्त फिचर समावेश भएसँगै प्रयोगकर्ताको च्याट थप सुरक्षित र गोपनिय राख्न मद्दत पुग्ने कम्पनीको विश्वास छ ।
च्याटमा मेसेज पाउनेले ‘स्क्रिनसट’ अथवा अन्य तरिकाबाट दुईबीचको च्याट, फोटो वा भिडिओहरू राख्न चाहेमा राख्न सक्नेछन् ।
यो ‘डिसपेरिङ मेसेज’ फिचर यही वर्ष नोभेम्बर अन्त्यसम्म सार्वजनिक हुने कम्पनीको भनाइ छ ।
कम्पनीले एक ब्लगमा लेखेको छ, ‘च्याट स्थायी नरहोस् भन्ने कुरामा विश्वास दिलाउन र मनको शान्तिको लागि यो फिचर सार्वजनिक गर्दैछौं। तर व्यावहारिक बनाउन ती मेसेजहरु सात दिनपछि मात्र मेटिनेछ ।’
ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई कम्पनीले आफ्नो मेसेजिङ प्लेटफर्महरूमा एकिकृत गर्ने आशा लिएको बिबिसीले लेखेको छ ।
कम्पनीको मेसेजिङ एप स्न्यापच्याट ‘डिसपेरिङ मेसेज’ फिचर कै कारण प्रख्यात बनेको छ ।