मल्टी डाइनामिकको नयाँ शाखा अस्ट्रेलियाको एडिलेडमा |

अस्ट्रेलिया । नेपालमा मात्रै होइन सात समुन्द्र पारी अस्ट्रेलियामा पनि सबै क्षेत्रमा नेपालीको सहभागिता देखिन थालेको छ । फरक र अलग व्यवसायमा मन लगाएर अगाडि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण सिड्नीको मल्टी डाइनामिक रियलस्टेटले देखाएको छ ।
मिन्टो क्षेत्रबाट प्रारम्भ भएको मल्टी डाइनामिक रियलस्टेटले केही वर्षमै विभिन्न राज्यमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ ।
मल्टीले साउथ अस्ट्रेलियाको एडिलेडमा आफ्नो नयाँ शाखाको मंगलबार विस्तार गरेको छ ।
साउथ अस्ट्रेलियन सरकारका पूर्वसभामुख रसेल वाट्लेले एक समारोहबीच मल्टी डाइनामिक एडिलेडको उद्घाटन गरेका छन् ।
उनले नेपाली समुदाय बढ्दै जाँंदा रियलस्टेटमा पनि नेपालीहरूको प्रवेश महत्वपूर्ण अवसरका रूपमा रहेको जिकिर गरे ।
यसअघि मल्टी डाइनामिकले मेलवर्न र क्यानबेरामा शाखा विस्तार गरिसकेको छ ।
यस्तै, निकट भविष्यमा पनि ब्रिसबेनमा मल्टीको नयाँ शाखा खोल्ने योजना भएको मल्टी डाइनामिकका एक निर्देशक बिष्णुप्रभात सापकोटाले बताए ।
अस्ट्रेलियाको मुख्य सहरमा लामो समयदेखि सेवा दिँदै आएको रियलस्टेटले सेवाग्राहीलाई घर खरिद विक्री तथा भाडामा लिनेदिने काममा सहयोग गर्ने कम्पनीका साउथ अस्ट्रेलिया क्षेत्रीय कार्यालयका निर्देशक सुजन अधिकारीले जानकारी दिए ।
अधिकारीले नेपालीलगायत सबै समुदायका व्यक्तिहरूलाई सेवा पुर्याउने आफ्नो उद्धेश्य रहेको बताए ।