‘रिफ्रेश बनायो, रिर्चाज गरायो’ का पाँच भाग्यशाली विजेताको घोषणा | योजना भोलि भदौ १५ गते सकिँदै

काठमाडौं । स्प्राइटले ‘रिफ्रेश बनायो, रिर्चाज गरायो’ योजनाअन्तर्गतका यो हप्ताका भाग्यशाली विजेताहरू घोषणा गरेको छ । यस हप्ताका ५ हजार जित्ने भाग्यशाली विजेताहरूमा हात्तीगौंडाका युवक लामा, जोरपाटीकी रुविसा राई, हात्तीवनका कुमार कोइराला, खजुरा नेपालगञ्जका छत्रपति लामा तथा छम्पुबेंसीका पासाङ खुर्पा तामाङ रहेका छन् ।
स्प्राइटको रिफ्रेश एण्ड रिचार्ज क्याम्पेनमा प्रत्येक दिन १० हजारभन्दा बढी उपभोक्ताहरू सहभागी हुँदै आइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ‘रिफ्रेश बनायो, रिर्चाज गरायो’ योजनाअन्तर्गत ग्राहकहरूले १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको टकटाइम जित्न सक्नेछन् ।
यस योजनाअन्तर्गत ३ लाख जनाले ३६ लाखभन्दा बढीको टकटाइम जितिसकेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना ५ सय एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागू हुनेछ ।
यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा खरिद गरी लेबलपछाडिको युनिक कोडलाई टाइप गरी ३६७६८ मा एस.एम.एस. गर्नुपर्नेछ । ८ नियम तथा शर्तहरू लागू हुने यो योजना भोलि भदौ १५गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।