नेपाल फाइनान्सको हकप्रद मंसिर ४ गतेदेखि खुल्ने |
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले यहि मंसिर ४ गतेदेखि चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो । यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद जारी गर्नेछ ।
हकप्रद निष्काशनका लागि फाइनान्सले कात्तिक ६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार कात्तिक ५ गते बुधबारसम्म कायम फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेको संकेत गर्दछ ।
हाल १३ करोड ५८ लाख ५०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ ।