स्ट्याण्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १३ गते बसेको बैंकको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ ।