काठमाडौं उपत्यकामा १६१५ जना संक्रमित थपिए |
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ ।
ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ ।
भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ ।
बिहीबार देशभरमा भने २३६४ जना संक्रमित भेटिएका छन् ।