भाइबरले ल्यायो जगदम्बा मोटर्स र इसेवा फोन पेसँगको सहकार्यमा विशेष स्टिकर प्याक तथा पुरस्कारहरु |
काठमाडौं । नेपालीहरुको महान चाड दशैं वर्षको त्यो समय हो जब विदेशीएका धेरै नेपालीहरु हिन्दु देवी दुर्गाको आराधना गर्न र असत्यमाथि सत्यको जित मनाउन स्वदेश फर्कने गर्छन् । तर यो वर्ष, कोभिड–१९ महामारीको कारणले गर्दा दशैं उत्सव मनाउने तरिका धेरै भिन्न भएको छ ।
विजया दशमीको नामले पनि चिनिने र देशकै सबैभन्दा भव्य, ठूलो र अधिक महत्त्व राख्ने चाड– दशंै उत्सव अहिले चलिरहेको छ । यसै बिच, भाइबरले आफ्नो मेसेजिङ्ग प्लेटफमको मद्दतले नेपालीहरुलाई घरमै सुरक्षित रहेर चाडपर्व मनाउन सशक्त बनाउँदैछ ।
नेपाल भाइबरको लागि एक महत्वपूर्ण बजार हो र हाल १९० भन्दा बढी देशहरुमा उपलब्ध यस मेसेजिङ्ग एपले सधैं नै स्थानीय चाडपर्वहरु मनाउने कोशिस गर्दै आएको छ र नेपालीहरुका लागि अझ बढी रमाइलो बनाउन प्रयासरत छ ।
जगदम्बा मोटर्स–टिभिएस र अब हुने इसेवा फोन पे सँगको स्टिकर प्याक निकाल्ने सहकार्यले नेपाली भाइबर प्रयोगकर्ताहरु लाई हालको चुनौतीपूर्ण समयबीचमा पनि दशैंको प्रफुल्लताको अनुभव संगाल्ने अवसर दिएको छ । हरकोहीले आफूले के कस्तो महसुस गरिरहेका छन् भन्ने अभिव्यक्त गर्न सहज हुने रोमाञ्चक स्टिकर प्याकहरु बाहेक टिभिएसले भाइबर स्टिकर डाउनलोडरहरु लाई अचम्मित पार्ने विशेष अवसर पनि प्रदान गरिहेका छन् । इ सेवा स्टिकर प्याकले भाइबर प्रयोगकर्ताहरूलाई इ सेवाको निजीकृत स्टिकर प्याक प्रयोग गरेर दशैं, तिहार र छठको अभिवादन स्टिकरद्वारा पठाउन सक्षम गर्नेछ । अझै धेरै थाहा पाउनलाई यीे भाइबर कम्युनिटीहरुलाई फलो गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।
“नेपालीहरुसँग हाम्रो सम्बन्ध सधैँ नै सुमधुर रहँदै आएको छ र हामी नेपाली प्रयोगकर्ताहरुको दैनिकीलाई अझ उपयोगी बनाउन स्थानीय साझेदारहरु निर्माण गर्ने सन्दर्भमा स्पष्ट छौं । यो सहकार्य पनि त्यसैको एक निरन्तरता हो र यो नेपाली प्रयोगकर्ताहरुलाई उनीहरुको सबैभन्दा ठूलो चाडको समयमा केही विशेष प्रदान गर्ने एक उपाय पनि हो ।” राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले भन्नु भयो । “टिभिएस र इसेवा दुवै नेपालमा प्रख्यात र स्थापित ब्राण्डहरु हुन्, त्यसैले यस चाडको समयमा उनीहरुसँगको सहकार्यले हाम्रा प्रयोगकर्ताहरु विश्वभरको राम्रो लाभहरु लिन सक्षम गर्नेछ ।”
यो दशैं भाइबरको साथमा आफ्नो परिवार र साथीभाईहरुसँग कुराकानी शुरु गरेर माया, सद्भाव एवं रमाइला पलहरु आदान प्रदान गर्न सकिने कम्पनीको भनाई छ ।