बिमस्टेकको चौथो शिखर सम्मेलन अपरान्ह ३ बजेदेखि शुरू | प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरिँदै
काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न ३ जबे विशेष समारोहका बीच काठमाडौंको होटल सोल्टीमा आरम्भ हुँदै छ । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका सबै राष्ट्राध्यक्षहरू आज बिहानसम्ममा काठमाडौं आइपुगिसकेका छन् ।
सम्मेलनको प्रधानमन्त्री एवम् बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन् ।
शिखर सम्मेलनको प्रारम्भ प्रधानमन्त्री ओलीको सम्बोधनसँगै शुरू हुनेछ । त्यसपछि सदस्य देशका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले सम्बोधन गर्नेछन् । सम्मेलनमा भाग लिन थाइल्याण्ड र बंगलादेशका प्रधानमन्त्रीबाहेक अन्य देशका विशिष्ट अतिथि काठमाडौं आइसकेका छन् ।
बिमस्टेकको चौथो शिखर सम्मेलन भोलि अपराह्न ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै समापन हुनेछ । यो सम्मेलनको समापनसँगै बिमस्टेकको अध्यक्षता श्रीलंकाले गर्नेछ ।