ओम डेभलपमेण्ट बैंक र नेशनल लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । ओम डेभलपमेण्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब उक्त बैंकका ग्राहकहरूले बैंकका जुुनसुकै शाखाबाट पनि नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले दिने जीवन बीमासम्बन्धी बीमा लेख, दाबी भुक्तानीलगायत सम्पूर्ण सेवा उपलब्ध हुने भएको छ ।