प्रभुको ‘प्रभु एसएमई’ कर्जा लगानी योजना | १० करोडसम्मको कर्जा पाँचै दिनभित्रमा, ९० प्रतिशतसम्म कर्जा सुविधा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि ‘प्रभु एसएमई’ योजनामार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको बताएको छ ।
बैंकका अनुसार उक्त कर्जा योजनाअन्तर्गत ९० प्रतिशतसम्म कर्जा सुविधा रहेको छ भने न्यूनतम ५ लाखदेखि कर्जा लगानी हुनेछ । यो सेवा बैंकको सबै शाखाबाट पाइने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । व्यापार, उद्योग, सेवा र कृषि क्षेत्रलाई लक्षित गरी कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।