सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, कति छ बोनस |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।