स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफरमा ३ लाख सम्म छुट |
काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” अफर ल्याएको छ ।
जहाँ ग्राहकहरूले यस अफरमा ३ लाख सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी सँग एक्सचेन्ज गरेको बापत २ लाख सम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोरोनाविरुद्धको महामारीमा खटिएका डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख डिस्काउन्ट दिने जनाएको छ ।
साथै एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिला फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत, २५,००० रुपैयाँ बराबरको निःशुल्क पाटपुर्जा, निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) को समेत सुविधा प्रदान गरिएको छ।
स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर असोज २८ गतेदेखि कार्तिक २६ गते सम्म हुनेछ ।