हुन्डाइले पूरा चार्जमा २ सय किलोमिटर बढी कुद्ने बिजुली कार ल्याउँदै |
कोरियन अटोमोवाइल कम्पनी हुन्डाइले नयाँ बिजुली कार बजारमा ल्याउने तयारी थालेको छ । नवभारत टाइम्सका अनुसार कम्पनीले सन् २०२३ सम्म बजारमा ल्याउने गरी सस्तो मिनी एसयुभी ल्याउने तरखर गरेको हो ।
यो एसयुभी एकपटकको पूरा चार्जमा २ सय किलोमिटरभन्दा धेरै कुद्ने बताइएको छ ।
कम्पनीले यसलाई सिटी कारका रुपमा बजारमा उतार्ने अनुमान गरिएको छ ।
हाल यसको मूल्यबारे कम्पनीले औपचारिक जानकारी दिइएको छैन । तर पनि भारतीय बजारमा यसको मूल्य १० लाख भारू हुने आकलन भारतीय सञ्चारमाध्यमले गरेका छन् ।