फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज |
काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी भएको र सको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
१५०० सी सी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी भएको दाबी कम्पनीको छ ।
यसै शक्तिलाई प्रमाणित गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको जनाएको छ ।
ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछ ।
फोर्ड इकोस्पोर्टसँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्ने जनाइएको छ । “कम्पनी यति विश्वस्त छ कि यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकम भन्दा दोब्बर रकम फिर्ता पाउनेछन्,” जारी विज्ञप्तीमा जनाइएको छ ।
सन् २०२० मा बनेको ईकोस्पोर्ट पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।