कुमारी बैंकमा सञ्चालक परिवर्तन |
काठमाडौं । कुमारी बैंकमा सञ्चालक परिवर्तन भएका छन् । बैंकका सञ्चालक नरेश दुगडले राजीनामा दिएपछि सञ्चालक परिवर्तन गरिएको हो ।
हालै चयन भएको बैंकको सञ्चालकमा सन्तोष कुमार लामा, डा. शोभा कान्त ढकाल, उत्तम प्रसाद भट्टराई, पुनाराम भण्डारी, विनोद दवाडी र कृष्णप्रसाद ज्ञवाली रहेका छन् ।