होन्डाले ल्यायो नयाँ मोटरसाइकल |
काठमाडौं । होन्डाले भारतिय बजारमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो प्रिमियम मोटरसाइकल ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक गरेको हो ।
नवभारत टाइम्सका अनुसार यो मोटरसाइकलको डिजाइन भारतमै भएको हो। यसको निर्माण पनि भारतमै हुनेछ । यसमा जडित ३४८ सिसीको ‘सिङ्गल सिलिन्डर एयर कुल्ड इन्जिन’ले ५ हजार ५ सय आरपिएममा २०.८ बिपिएच पावर र ३ हजार आरपिएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।
यो डिएलएक्स र डिएलएक्स प्रो गरी २ वटा भेरियन्टमा उपलब्ध छ । यसमा ट्यूवलेस टायरसँग १७ इन्चको अलोय ह्विल जडान गरिएको छ ।
त्यसैगरी ब्लुटुथ कनेक्टिभिटी, ब्याट्री अवस्था हेर्ने उपकरण, एलइडी लाइट, डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम लगायत विशेषता दिइएको छ ।