विम्स्टेक सम्मेलनको तयारी पूरा |
काठमाडौं । यहि भदौ १४ र १५ गते हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयले शिखर सम्मेलनको अन्तिम तयारी पुरा भएको जानकारी दिएको छ ।
सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ गतेदेखि नेपाल आउन थाल्नेछन्। । उनीहरुको स्वागतको तयारीसमेत सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भदौ १२ गते म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुग्ने छन्। । यसअघि म्यानमारबाट राज्यपरिषद सदस्यको प्रमुख तथा विदेशमन्त्री आङ साङ सूचीले नेतृत्व गर्ने बताइएको थियो।
त्यस्तै भदौ १३ गते श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन्। । भुटानमा निर्वाचन चलिरहेका कारण प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै वाङचुक आउने भएका हुन्। । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ मा काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।