तिनकुनेमा बिएमडब्लुको शोरुम खुल्दै, एक महिनाभित्र संचालनमा आउने |
काठमाडौं । नेपालमा चर्चित ब्राण्ड बिएमडब्लुको शो रुम तिनकुनेमा खुल्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमा बिएमडब्लु लक्ष्मी प्रिमियम मोटर्सले तिनकुनेमा भब्य शो रुम बनाएको छ ।
बिएमडब्लुको थ्रि एस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस तिनुकुनेमा एक महिनाभित्र संचालनमा आउँदै छ । नेपालमा बिएमडब्लु लक्ष्मी प्रिमियम मोटर्सले भित्र्याएको हो । नेपालमा हुन्डाइ भित्र्याउने संचालकहरुनै बिएमडब्लु भित्र्याएका हुन ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाइ भित्र्याउदैँ आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलकै अर्को नयाँ संस्था लक्ष्मी प्रिमियम मोटर्स हो ।
शोरूमको निर्माण जारी नै रहेपनि नेपालमा बिएमडब्लु आउने भएपछि ५ वटा भन्दा बढी बिएमडब्लुको बुकिङ भइसकेको छ ।