नयाँ ‘टाटा अल्ट्रोज’ आउँदै |
काठमाडौं । टाटा मोटर्सले अहिलेको भन्दा शक्तिशाली इन्जिन भएको ‘टाटा अल्ट्रोज’ ल्याउने तयारी थालेको छ ।
नयाँ टाटा अल्ट्रोज १.२ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन सहितको ल्याउन लागिएको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ ।
टर्बो इन्जिनको अल्ट्रोजले १०८ बिपिएच पावर र १४० एनएम टर्क जेनेरेट गर्ने दावी गरिएको छ ।
यो गाडी पहिलो पटक जेनेवा अटो शोमा प्रदर्शन गरिएको थियो। यो इन्जिन जोडिएपछि कार सेग्मेन्टकै शक्तिशाली हुने बताइएको छ ।
नेपालमा केही समयअघि रेभोट्रन इन्जिनको टाटा अल्ट्रोज सार्वजनिक भएको थियो ।
१.२ लिटरको रेभोट्रन इन्जिन जडित यो गाडीले ८६ पिएस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ ।
यसमा रहेको मल्टी ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्ने कम्पनीको दावी छ ।
अल्ट्रोजमा आइडल स्टप र स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर लगायतका विशेषताहरु रहेका छन् ।
सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र डुअल एअरब्यागहरु रहेका छन् ।