होन्डाले ल्याउँदै ७५० सिसिको नयाँ स्कुटर |
काठमाडौं । होन्डा मोटर कम्पनीले नयाँ स्कुटर सार्वजनिक गर्न लागेको छ । होन्डाले १४ अक्टोवरमा ‘फ्रोजा ७५०’ स्कुटर युरोपमा सार्वजनिक गर्न लागेको हाे । यसकाे जानकारी कम्पनीले अगाडी नै 'टिजर'मार्फत दिएकाे थियाे ।
कम्पनीले यो स्कुटरबारे वृस्तृत जानकारी दिएकाे छैन । फ्रोजा १२५ र फ्रोजा ३०० भन्दा यसको इन्जिन क्षमता धेरै हुने कार एण्ड बाइक डटकमले जनाएको छ । यो स्कुटर ७५० सिसीको हुनेछ ।
गत वर्ष होन्डा मोटर्सले फ्रोजा ३०० भारतमा ४ युनिट मात्र बिक्री गरेको थियो ।