टिभिएसले ल्यायो ‘टिभिएस दशैंको आशा’ योजना |
काठमाडौं । नेपालको लागि टिभिएस टु–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस दशैंको आशा’ योजना ल्याएको छ ।
उक्त योजनाअन्तर्गत कुनै एउटा मोटरसाइकल किन्दा ९ हजार र स्कुटरमा ७ हजार छुट वा शून्य प्रतिशत ब्याजदरमा पाइन्छ ।
त्यसैगरी, बम्पर उपहारका रूपमा प्रत्येक हप्ता एक जनाले आर.आर ३१० जित्नेछन् । यो योजनामा भाग लिन टिभिएस डटकम/दशैंमा गई फारम भर्नुपर्छ ।
जसमा बाइक किने पनि नकिने पनि आर.आर ३१० जित्ने अवसर पाइने कम्पनीले बताएको छ ।
चाडपर्वको अवसरमा ल्याएको यस्तो योजनाले आफ्ना उपभोक्ता लाभान्वित हुने विश्वास लिइएको जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले बताए ।