नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौ (आपास) । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच हालै बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् । उक्त सम्झौतासँगै अब ग्राहकहरूले जीवनबीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्नलगायत सिटिजन लाइफ इन्स्योरेन्सका जीवनबीमासम्बन्धी सम्पूर्ण सेवा नेपाल इन्भेष्टमेन्ट बैंकका देशभर रहेका सबै शाखाबाट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।