ओपो एफनाइन भाद्र १३ गते सार्वजनिक हुदै | वाटरड्रप स्क्रिन डिजाइन भएको पहिलो मोवाइल फोन
काठमाडौं । ओप्पोले नयाँ एफनाइन भदौ १३ गते नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नयाँ सेल्फी एक्स्पर्ट एफनाइन सार्वजनिकका लागि आयोजना हुने समारोहमा आईएनटीएम (ईन्डियाज नेक्स्ट टप मोडल) सबिता कार्की र बुगी वुगी नेपाल संस्करणकी विजेता कविता नेपालीको उपस्थिति हुने ओप्पोले जानकारी दिएको छ ।
ओप्पोले भाग्यशाली एकजनालाई समारोहमा उपस्थितीका लागि विशेष पासको ब्यवस्था गरेको छ । पासका लागि कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत ‘प्रोफाइल ब्याड्ज क्याम्पेन’को आयोजना गरेको थियो । एक जना विजेताको छनोट गरी कम्पनीले २ जनाका लागि पास उपलब्ध गराउने जानकारी दिएको छ । विजेताले कार्यक्रममा उपस्थित भइ एफनाइन सार्वजनिक समारोहको प्रत्यक्ष हेर्ने अवसरका साथै आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन्।
सार्वजनिकको तयारीमा रहेको नयाँ ओपो एफनाइन वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ । फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदानगर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिने कम्पनीको भनाइ छ ।
ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ ः ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपाझैँ देखिन्छ । नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदानगर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ ।